घरेलु मैदानमा बराबरीमा रोकियो रियाल, उपाधि होड कमजोर
काठमाडौं। घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधि होडमा कमजोर बनेको छ । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ अंक र दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।
प्रतिक्रिया दिनुहोस्
