नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्