विराट बने आईपीएलमा ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा विराट कोहली ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। गएराती भएको खेलमा राजस्थान रोयल्सविरुद्ध अविजित ७२ रन बनाएपछि विराट आईपीएलमा ६ हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्। विराटले आईपीएलमा हालसम्म ६ हजार २१ रन बनाएका छन्। ६ हजार रनको कोशेढुङ्गा छुने क्रममा कोहलीले आईपीएलका १९६ खेलमा ४० अर्धसतक र पाँच सतक प्रहार गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्