सन्दीपको क्लब मेलबर्नद्वारा होबर्ट पराजित

काठमाडौं। सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्सले अस्ट्रेलियाको बिग बास लिगमा होबर्ट हुरिकान्सलाई ५२ रनले पराजित गरेको छ।

लगातार दोस्रो जित हात पारेको मेलबर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ।

मार्कुस स्टोइनिसले अविजित ८१ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो।

मेलबर्नका ह्यारिस राउफले ५ विकेट लिएपछि १६४ रनको लक्ष्य पछ्याएको होबर्टले १६ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र जोड्न सक्यो।

जितसँगै २ खेलबाट ४ अंक जोडेको मेलबर्न दोस्रो स्थानमा उक्लिएको छ। सिड्नी थन्डर ५ अंकका साथ शीर्ष स्थानमा छ।

स्टोइनिसले अविजित ८१ रन बनाउनेक्रममा ५४ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे।

उनले पहिलो विकेटका लागि निक म्याडिन्सनसँग पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। निकले ४० रन बनाए।

बेन डन्कले १९ रन बनाउँदा हिल्टन कार्टराइट १३ रनमा अविजित रहे। कप्तान ग्लेन म्याक्सवेल २ तथा पिटर ह्यान्डकोम्ब ३ रनमा आउट भए।

होबर्टका रिले मेरेडिथले ३ तथा क्विस अहमदले १ विकेट लिए।

ह्यारिस राउफले ४ ओभरमा २७ रन दिएर ५ विकेट लिएपछि होबर्टका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

होबर्टका लागि क्लिभ रोजले सबभन्दा धेरै अविजित ३२ रन बनाए। कालेब जेवेलले २५ रन बनाउनुबाहेक होबर्टका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

राउफ बोहक मेलबर्नका लागि नेपालका सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिए।

सन्दीपले पहिलो खेलमा पनि १ विकेट लिएका थिए। कप्तान म्याक्सवेल र एडम जम्पाले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्