हुयस्कालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो एट्लेटिको एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा हुयस्कालाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक/एक गोल गरे। जितसँगै ३२ खेलमा ७३ अंक जोडेको एट्लेटिकोले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। लिगमा २७ अंक जोडेको हुयस्का १८ औं स्थानमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्