विराटनगर टाइटन्सलाई चितवनको १४७ रनको लक्ष्य

काठमाडौं। लगातार चौथो जितको खोजीमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिगमा आज विराटनगर टाइटन्सलाई १४७ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका थिए।

चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनायो।

चितवनका लागि आरिफ शेखले सबभन्दा धेरै अविजित ३९ रन बनाए।

उनले सन्नी पटेलसँग अविजित ५४ रनको साझेदारी गरे। सन्नी २७ रनमा अविजित रहे।

कप्तान पारस खड्काले ३५ र बाबर हायतले २५ रन जोडे। पारस र बाबरले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए।

रोहन मुस्तफा ७ र अनिलकुमार शाह ३ रनमा आउट भए।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा र मुहम्मद जाइद आलमले १/१ विकेट लिए।

चितवनले यसअघि पोखरा पल्टनलाई ६ विकेट, बुटबल ब्लास्टरलाई १ सय १९ र धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको थियो।

विराटनगरले भने १ खेलमात्र जितेको छ।

प्रतिक्रिया दिनुहोस्