लिभरपुललाई क्लब विश्वकपको उपाधि
काठमाडौं। रोबर्टो फिर्मिनोले थप गरिएको समयमा गरेको गोलमा लिभरपुलले गएराति ब्राजिलियन क्लब फ्लामेन्गोलाई १-० ले पराजित गर्दै फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको यो पहिलो हो।
फिर्मिनोले अन्तिम समयमा गरेको गोलमै लिभरपुलले मेक्सिकोको क्लब मोन्टेर्रेलाई २–१ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो।
“खेलाडीको प्रशंसा गर्न मैले शब्द नै भेटाउन सकेको छैन। यो अद्भुत क्षण हो”,  लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, “हामी राम्रो टोली हो र जितका हकदार थियौं। हामीले राम्रो खेल्न सकेनौं। तर, जितका लागि यही नै पर्याप्त बन्यो। खेलाडीको प्रदर्शनमा मलाई गर्व छ। क्लबका लागि विशेष दिन हो। म साच्चिकै खुशी छु।”
क्लब विश्वकपको फाइनल थप समयमा गएको यो चौथो पटक हो।
यसअघि सन् २०००, २००९ र २०१६ को फाइनलको नतिजा पनि थपिएको समयमा आएको थियो। पछिल्लो १३ मध्ये १२ उपाधि युरोपियन क्लबले जितेका छन्।
यससँगै लिभरपुल क्लब विश्वकपको उपाधि जित्ने दोस्रो इङ्लिस क्लब बनेको छ।
यसअघि २००८ मा म्यानचेस्टर युनाइटेडले क्लब विश्वकपको उपाधि जितेको थियो।
मोन्टेर्रेले निर्धारित समय २–२ को बराबरी खेलेको थियो।
प्रतिक्रिया दिनुहोस्