इन्टर मिलान इटालियन 'सिरी ए' को शीर्ष स्थानमा
काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले गएराति जेनोआलाई ४-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा लुकाकुले ३१औं मिनेटमा इन्टरलाई अग्रता दिएका थिए। लुकाकुकै पासमा रोबार्टो गाग्लिएर्दिनीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए।

६४औं मिनेटमा सेबास्टिनो स्पोसिटोले पेनाल्टीमा अर्को गोल थपे। ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गरे।

जितसँगै १७ खेलमा ४२ अंक जोडेको इन्टर शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भए पनि साविक विजेता युभेन्टस गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ।

शनिबारै इटालियन सिरी ‘ए’ मा एएस रोमाले फियोरेन्टिनालाई ४–१ ले हरायो।

रोमाको जितमा इडेन जेको, एलेक्जेन्डर कोलारोभ, लोरेन्जो पेलेग्रिनी र निकोलो जानिओलोले गोल गरे।

रोमा ३५ अंकका साथ चौथो स्थानमा छ। फियोरेन्टिना १५औं स्थानमा छ।

पाँचौ स्थानको काग्लिअरी चौधौं स्थानको युडिनेससँग २-१ ले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्