साविक विजेता बायर्नको जित
काठमाडौं। अन्तिम समयमा गरेको गोलमा साविक विजेता बायर्न म्युनिखले शनिबार राती जर्मन बुन्डेसलिगामा उल्फबर्गलाई २–० ले पराजित गरेको छ।

बायर्नको जितमा जोशुए जिर्कजीले ८५औं मिनेटमा गरेका थिए भने सेर्गी गानर्बीले ८९औं मिनेटमा गोल गरेका थिए।

जितसँगै १७ खेलमा ३३ अंक जोडेको बायर्न तेस्रो स्थानमा छ। उल्फबर्ग २४ अंकका साथ नवौं स्थानमा छ।

बायर्न शीर्ष स्थानको लिपजिगभन्दा ४ अंकले पछि छ। दोस्रो स्थानको मोन्चेनग्लाडबचभन्दा २ अंकले पछाडी छ।

लिपजिगले औसबर्गलाई ३–१ ले हराउँदा मोन्चेनग्लाडबचले हेर्था बर्लिनसँग गोलरहित बराबरी खेल्यो।

बुन्डेसलिगामा ५ पुसमै बायर लेभरकुसेनले मेन्ज०५ लाई तथा कोलनले वेर्डेर ब्रेमेनलाई समान १-० को नतिजामा हरायो।

फ्रेइबर्गले साल्केसँग २–२ को बराबरी खेल्यो। त्यसअघि चौथो स्थानमा रहेको बोरुसिया डर्टमण्डले होफिनहेइमलाई २–१ को नतिजा सुम्पियो।

प्रतिक्रिया दिनुहोस्