ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्स र नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा टुंगिएपछि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो। बराबरीपछि नेदरल्यान्ड्स पाँच अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। मलेसियाको एक अंक छ। अन्तिम खेलमा मलेसिया र नेपालले प्रतिस्पर्धा गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्