कुशल भुर्तेल आईसिसी वरीयताको शीर्ष १०० मा काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल आईसिसी ट्वान्टी-२० वरीयताको शीर्ष १०० भित्र परेका छन्। डेब्यू गरेसँगै लगातार तीन खेलमा अर्धशतक बनाएका कुशल वरीयताको ९३औं स्थानमा छन्। नेपालबाट कुशलबाहेक पूर्वकप्तान पारस खड्का ८३औं स्थानमा छन्। इङ्गल्यान्डका डेभिड मलान शीर्ष स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्