मलेसिया भर्सेस नेदरल्यान्ड्स : वर्षाका कारण खेल १३ ओभरमा घटाइयो काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सबीचको खेल निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याएर पुनः सुरु भएको छ। यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्