टोकियो ओलम्पिकको फुटबल ‘ड्र’ सार्वजनिक काठमाडौं। फिफाले टोकियो ओलम्पिक पुरुष फुटबलका लागि बुधबार ‘ड्र’ सार्वजनिक भएको छ। ‘ड्र’अनुसार आयोजक जपान, दक्षिण अफ्रिका, मेक्सिको र फ्रान्स समूह ‘ए’मा छन्। न्युजिल्यान्ड, कोरिया, होन्डुरस र रोमानिया समूह ‘बी’मा छन्। इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया समूह ‘सी’मा छन्। ब्राजिल, जर्मनी, आइभोरी कोष्ट र साउदी अरेबिया समूह ‘डी’मा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्