आइपीएल छाडेर घर फर्किए लिभिङस्टोन एजेन्सी। राजस्थान रोयल्सका इङ्लिस बलर लियम लिभिङस्टोन घर फर्किएका छन्। इन्डियन प्रिमियर लिग(आईपीएल) को बाँकी खेल छाडेर उनी सोमबार राती स्वदेश फर्किएका हुन्। लिभिङस्टोनले एक वर्षयता क्‍वारेन्टिनमा बस्‍नुपर्दा थकित भएको बताउदै इङ्ल्याण्ड फर्किएको राजस्थान रोयल्सले जनाएको छ। २७ वर्षीय इङ्लिस बलरलाई राजस्थानले २०२१ को आइपीएलको लागि ७५ लाख भारतीय रुपैयामा खरिद गरेको थियो।
प्रतिक्रिया दिनुहोस्