‘फुटबल खेल बचाउनका लागि’ युरोपियन सुपर लिग : पेरेज काठमाडौं। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले युरोपियन सुपर लिग ‘फुटबल खेल बचाउनका लागि’ निर्माण गरिएको बताएका छन्। खेलको गुणस्तर खराब भएर युवाहरू आर्कषित नभएकाले यस्तो परिवर्तन गरिएको उनले बताए। “जहाँ कहिल्यै परिवर्तन हुन्न, त्यहाँ मानिसहरू सधैँ विपक्षमा हुन्छन्,’ पेरेजले भने। स्पेनका तीन, इङल्यान्डका छ र इटालीका तीन क्लबले संयुक्त रूपमा युरोपियन सुपरलिगको घोषणा गरेपछि यसबारे विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्