एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित उनका सबै परिवारमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित भएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे। हाल उपत्यकामा नै रहेका नेम्वाङ कोरोना पुष्टि भएसँगै परिवारसहित घरमै आइसोलेसनमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्