नेदरल्यान्डसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय प्रतियोगिताको दोस्रो राउन्डको खेलमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले नेदल्यान्डसलाई ९ विकेटले पराजित गरेको थियो। आजको खेलमा विजयी भए नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्