त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ। (तस्बिर- फाइल)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्