करणले लिए तेस्रो विकेट, एक ओभरमै नेपाललाई दुई विकेट काठमाडौँ। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका करण केसीले तेस्रो विकेट लिएका छन्। करणले १६औं ओभरमा दुई विकेट लिए। करणले १६औं ओभरको पहिलो बलमा साजरुल इद्रुसलाई शाहब आलममार्फत् क्याच गरेका थिए। करणले तेस्रो बलमा शार्भिन मुनिएन्दीलाई कुशल भुर्तेलमार्फत क्याच गरे। यसअघि करणले अनवार अरुदिनलाई विकेटकिपर विनोदभण्डारीमार्फत क्याच आउट गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्