काठमाडौं। डेडे जुनियर वाम्बाको गोलमा जाउलाखेल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको छ।
वाम्बाले दशौं मिनेटमा गरेको गोल जाउलाखेल युथ क्लबलाई जिताउन पर्याप्त बन्यो। गोलकिपर टेकेन्द्र थापाले दिएको लामो पासलाई फोडे फोफानाले नियन्त्रणमा लिएका थिए। फोफानाले वायाँ भागबाट अगाडि बढाउँदै पेनाल्टी क्षेत्रबाट दिएको पासलाई ६ यार्ड बक्सभित्र रहेका वाम्बाले फष्ट टचमा पोष्टको दिशा दिएका थिए।
सरस्वतीका दुई रक्षक र गोलकिपरबीच तालमेल नहुँदाको फाइदा वाम्बाले लिएका थिए। जितसँगै लिगमा जावलाखेलको ४ अंक भएको छ। जावालाखेलले पहिलो खेलमा थ्रीस्टार क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो। सरस्वती भने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग ४–० ले पराजित भएको थियो।
पहिलो खेलमा सानादार विजय हासिल गरेको एनआरटीले आजै दशरथ रंगशालामा संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ। एनआरटी गत सिजन लिगको पुछारमा रहेको थियो। गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा पहिलो खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको थियो।