इन्टरको विजयी यात्रामा नापोली तगारो काठमाडौं। इटालियन सिरी ‘ए’ लिगको शीर्ष क्लब इन्टर मिलान गएराती नापोलीसँग १–१ बराबरीमा रोकिएको छ। सामिर हान्डोभिकको आत्मघाती गोलमा घरेलु टोली नापोलीले ३६औं मिनेटमा अग्रता दिलाएका थिए। ५५औं मिनेटमा इन्टरका क्रिष्टियन इरिक्सनले बराबरी गोल फर्काए। बराबरीपछि ३१ खेलबाट ७५ अंक जोडेको इन्टर दोस्रो स्थानको एसी मिलानभन्दा ९ अंकले माथि छ। नापोली ६० अंकका साथ पाँचौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्