टस जितेको काठमाडौंले विराटनगरविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं। पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन्स वारियर्सले आज विराटनगर टाइटन्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रतियोगितामा काठमाडौंको यो चौथो खेल हो। काठमाडौं यसअघिका तीनै खेलमा पनि पहिले ब्याटिङ गरेको थियो। पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटबल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो।

पछिल्लो खेलमा कप्तान ज्ञानेन्द्रको शतकप्रेरित काठमाडौंले धानगढी ब्लुजलाई १ सय ६ रनले पराजित गरेको थियो। तीन खेलमा २ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ भने बिराटनगर चौथो स्थानमा छ।

विराटनगरको यो तेस्रो खेल हो। यसअघि विराटनगर धनगढीसँग ५ रनले पराजित भएको थियो भने पोखरा पल्टनमाथि ४५ रनको विजय हासिल गरेको थियो।

प्ले अफमा स्थान बनाउनका लागि दुबै टोलीलाई जित्नै पर्ने दबाब छ। लिग चरणको शीर्ष टोली सिधै फाइलन पुग्छ भने दोस्रो र तेस्रो स्थानको टोलीले इलिमिनेटर खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्