सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्