टस जितेको नेपालले पहिले बलिङ गर्ने काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। नेपाल र नेदरल्यान्ड्स बीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाविहीन बनेको थियो।
प्रतिक्रिया दिनुहोस्