महिला रेफ्रिको खुट्टा देखिएकाले १०० भन्दा धेरैपटक लाइभ काटियो काठमाडौं। इरानी राज्य सेन्सर बोर्डले इङ्गलिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको प्रत्यक्ष प्रसारण १०० भन्दा धेरैपटक काटेको त्यहाँका अधिकारीकर्मीहरूले बताएका छन्। खेलको महिला सहायक रेफ्री सिएन मस्से एलिसले सर्ट्स लगाइएकी थिइन्। एलिसको सर्ट्स लगाएको खुट्टा देखिएकाले प्रसारण १०० पटकभन्दा धेरै काटिएको इरानको अनिवार्य रुढीवादी कानुनको विरोध गर्ने अधिकारवादी समूह ‘माई स्टेल्थि फ्रिडम’ले बताएको हो।
प्रतिक्रिया दिनुहोस्