टोकियो ओलम्पिकका लागि ओसीएले बनायो गौरिकाको वालपेपर काठमाडौं। ओलम्पिक काउन्सिल अफ एसिया(ओसीए)ले नेपालकी पौडी खेलाडी गौरिका सिंहको वालपेपर बनाएको छ। टोकियो ओलम्पिकका लागि ओसिएले ‘वालपेपर वेनसडे’ नाममा गौरिकाको फोटो राखेको छ। गोरिका रियो ओलम्पिक २०१६ को सबभन्दा कान्छी खेलाडी हुन्। उनले १३ वर्षको उमेरमा रियो ओलम्पिक खेलेकी थिइन्। गौरिकाले १३औं सागमा चार स्वर्ण दुई रजत र तीन काश्य पदक जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्