महंगा खेलाडी सुजल पोखरा थन्डर्सको व्यवस्थापकीय भूमिकामा
काठमाडौं। नेपाल सुपर लिगमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले पोखरा थन्डर्सको व्यवस्थापन सम्हाल्ने भएका छन्।
सुजललाई पोखरा थन्डर्सले अक्सनमा सबभन्दा धेरै दुई लाख मुल्यमा अनुबन्ध गरेको थियो।
सुजल चोटबाट ग्रसित भएका कारण नखेल्ने भएका हुन्। त्यसकारण उनले प्रतियोगितामा टिमको व्यवस्थापन सम्हालन लागेका हुन्।
पोखराले विदेशी खेलाडीमा केट्चा यानिक, विडियस रिम र मोउसा कालामोउलाई अनुबन्ध गरेको छ।
प्रतिक्रिया दिनुहोस्
