ओलावालेले धनगढीबाट नेपाल सुपर लिग खेल्ने
काठमाडौं। धनगढी फुटबल क्लबले नाइजेरियाका फरवार्ड आफिज ओलावालेलाई अनुबन्ध गरेको छ।
वैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग खेल्न ओलावाले बिहीबार नेपाल आइपुगेका हुन्।
ओलावालेले यसअघि मनाङ मस्र्याङ्दी, थ्री स्टार र आरसीटी क्लबबाट खेलिसकेका छन्। ओलावाले भारत र बंगलादेशका क्लबबाट पनि खेलिसकेका छन्।
धनगढीले राष्ट्रिय टिमका गोलकिपर किरण चेमजोङलाई आइकोनिक प्लेयर र युगलकिशोर राईलाई प्रशिक्षकका रुपमा अनुबन्ध गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
