आईपीएल क्रिकेट: राजस्थानको पहिलो जीत, दिल्ली तीन विकेटले पराजित काठमाडौं। इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले पहिलो जीत निकालेको छ। राजस्थानले गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गरेको हो। मुम्बईस्थित वान्ग्खडे स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ बनायो। १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा भेट्टायो। राजस्थानको जितमा डेभिड मिलरले सर्वाधिक ६२ रन र क्रिस मोरिसले अविजित ३६ रन बनाए। राजस्थानका जयदेव उनाटकडले ३ विकेट तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्