युरोपा लिगमा आर्सनलको फराकिलो जित काठमाडौं। अलेक्जेन्डर लाकाजेटको दुई गोलप्रेरित आर्सनलले गएराति स्लाभिया प्रागुएमाथि ४–० को विजय हासिल गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ। पाहुना टोली आर्सनलले निकोलस पेपेको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। २१औं मिनेटमा लाकाजेटले पेनाल्टीमा गोल गरे। बुकायो साकाले २४ र लकाजेटले ७७औं मिनेटमा अर्को गोल थपे। यससँगै आर्सनलले समग्रमा ५–१ को नतिजा निकाल्न सफल भयो।
प्रतिक्रिया दिनुहोस्