काठमाडौं। अन्तिम ५ मिनेट सम्हालिन नसक्दा च्यासल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबसँग अंक बाँडेको छ।
खेल सकिन दुई मिनेट बाँकी छँदा विशाल राईको पासमा देबेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई एक अंक दिलाए। त्यसअघि सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले २७औं मिनेटमा अग्रता लिएको थियो।
सन्तोषले २७औं मिनेटमा नितिन थापाको पासलाई नियन्त्रणमा लिदै तीन रक्षकको बीचबाट वायाँ खुट्टाले हानेको लामो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले ठम्याउन सकेनन्। योसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सन्तोषको गोल संख्या ९९ पुगेको छ। जापानमा बसोबास गर्ने सन्तोष गोल संख्या शतक बनाउनबाट १ गोलले पछाडि छन्।
उनी गत सिजन पनि १ सय गोल पुरा गर्ने लक्ष्यका साथ नेपाल आएका थिए। तर च्यासलबाटै ६ खेलमा ३ गोल गरेका सन्तोषको चाहना गत सिजन पूरा हुन सकेन। उनी लिगको बीचमै जापान फर्किनु परेको थियो।
इन्जुरी समयमा जापानी खेलाडी ताइगा नाकामुराको उत्कृष्ट फ्रिकिक मछिन्द्रका गोलकिपर विशालले पन्च गरेर बाहिर फलिदिएपछि च्यासल स्पष्ट ३ अंक लिनबाट चुकेको थियो।
च्यासलले दुई जापानी खेलाडी हायातो वाकिनो र ताइगा नाकामुरालाई खेलाएको थियो भने मछिन्द्रले आन्द्रेस निया, पिटर सेगुन र सोमिडे एडेलाजालाई खेलाएको थियो।
तस्वीर: फेसबुक पेज नेपालस्पोर्ट्सअफिसियलबाट
" /> काठमाडौं। अन्तिम ५ मिनेट सम्हालिन नसक्दा च्यासल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबसँग अंक बाँडेको छ।खेल सकिन दुई मिनेट बाँकी छँदा विशाल राईको पासमा देबेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई एक अंक दिलाए। त्यसअघि सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले २७औं मिनेटमा अग्रता लिएको थियो।

">