एएफसी कप: आज आर्मीले भारतकाे बैंगलुरुसँग प्रतिस्पर्धा गर्ने काठमाडौं। नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बैंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ। गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ। आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ। आर्मीको कप्तानी भरत खवासले सम्हाल्नेछन् भने बैंगलुरुको कप्तानी सुनिल क्षेत्रीले गर्नेछन् । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्