पोखरा पल्टनविरुद्ध बुटवल ब्लास्टरको जित
<p>काठमाडौं। पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ८ विकेटले पाखा लगाएको छ। पोखरा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभर खेल्दै १२१ रन जोडेको थियो।</p>
<p>१२२ रनको लक्ष्य पेश गर्ने क्रममा पोखरा पल्टनका लागि आर इन्द्र सिंहले ४५, पीजी डेकले २०, रोहित कुमार पौडेलले १९ र इशान पाण्डेले १३ रन बनाएका थिए। </p>
<p>जवाफी ब्याटिङमा आएको बुटवल ब्लास्टरले विष्फोटक ब्याटिङ थाल्दै १४ ओभरमै लक्ष्य पुरा गर्‍यो। बुटवलका लागि अफताबुद्दिन अहमदले ४६ बल खेल्दै सर्वाधिक ७५ रन बनाए। बुटवल ब्लास्टरका शंकर रानाले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन बनाए।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
