त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाल आइपुग्यो मलेशियन टोली
<p>काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि मलेशियन क्रिकेट टोली आज नेपाल आइपुगेको छ। मलेशियन टोलीलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए। </p>
<p>कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता बैशाख ४ गतेदेखि सुरु हुँदै छ। </p>
<p>क्यानको पहलमा हुन लागेको प्रतियोगितामा नेपालसहित मलेशिया र नेदरल्यान्डस सहभागी छन्। डबल राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
