त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाल आइपुग्यो डच टोली <p>काठमाडौं। त्रिदेशीय ट्वान्टी&ndash;२० क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्डसको क्रिकेट टोली आज नेपाल आइपुगेको छ। नेदरल्यान्डसको टोलीलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए।&nbsp;</p> <p>कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता वैशाख ४ गतेदेखि सुरु हुँदै छ।&nbsp;</p> <p>क्यानको पहलमा हुन लागेको प्रतियोगितामा नेपालसहित मलेशिया र नेदरल्यान्डस सहभागी छन्। डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागी प्रतिस्पर्धा गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्