त्रिदेशीय क्रिकेटको खेल समय परिवर्तन
<p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको खेल समय परिर्वतन गरेको छ। <br />
प्राविधिक कारणले खेल समय परिर्वतन गर्नुपरेको क्यानले बताएको छ। </p>
<p>नयाँ खेल समयअनुसार नेपालले उद्घाटन खेलमा नेदरल्यान्डसविरुद्ध दिउसो १ः४५ बजेदेखि सुरु हुनेछ। यसअघि क्यानले खेलको समय २ः१५ तय गरेको थियो। </p>
<p>डबल लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा तीन देश नेपाल, नेदरल्यान्डस र मलेशिया सहभागी छन।</p>
प्रतिक्रिया दिनुहोस्
