बार्सिलोना विश्वकै धनी क्लब
<p>काठमाडौं। स्पेनिस क्लब बार्सिलोना विश्वकै सबैभन्दा धनी क्लब बनेको छ। फोब्र्सले निकालेको धनी क्लबहरुको सूचीमा बार्सिलोना सबैभन्दा धनी क्लब बनेको हो।</p>
<p>बार्सिलोनापछि अर्को स्पेनिस क्लब रियाल मड्रिड धनी क्लबको सूचीको दोस्रो स्थानमा छ। </p>
<p>फोब्र्सका अनुसार बार्सिलोनाको मूल्य ४.७६ बिलियन डलर रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहको रियलको मुल्य ४.७५ बिलियन डलर रहेको छ। </p>
<p>फोब्र्सको सूचीमा बार्यन म्युनिख तेस्रो, म्यानचेष्टर युनाईटेड चौथो र लिभरपुल पाँचौ स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
