‘समर्थक चाँहदैनन आइपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता’

काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाकिस्तान बाहेक क्रिकेटमा बलिया रहेका सबैजसो देशका खेलाडी सहभागी छन् ।

आईपीएलमा हाल पाकिस्तानी खेलाडीहरु प्रतिबन्धित छन्। यसैमा एक भारतीय अनलाईनले एक सर्वेक्षण गरेको छ।

जसमा सहभागी ७०.९ समर्थकहरुले पाकिस्तानी खेलाडीहरुलाई आईपीएलमा मौका दिन नहुने बताएका छन्।

त्यस्तै २९.९ प्रतिशत समर्थकहरुले पाकिस्तानी खेलाडीहरुलाई पनि आईपीएलमा मौका पाउनुपर्ने मत राखेका छन्।

प्रतिक्रिया दिनुहोस्