आईपीएलमा आज मुम्बई र कलकत्ता भिड्दै
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कलकत्ता नाईट राईडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ।</p>
<p>चेन्नईको चिदम्बरम मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। मुम्बईले लगातार चौथोपटक कलकत्तालाई पराजित गर्ने दाउसहित मैदानमा उत्रदै छ। </p>
<p>कलकत्ताले पछिल्लो तीन खेलदेखि मुम्बईविरुद्ध जित निकाल्न सकेको छैन। </p>
<p>यसअघि कलकत्ताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दा पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बंैगलोरसँग २ विकेटले पराजित भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
