राजस्थानमाथि पन्जाबको रोमान्चक जीत
<p>काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाब किङ्सले सुखद सुरुवात गरेको छ।</p>
<p>पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई सय २१ रन बनायो। दुई सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले ७ विकेट गुमाएर दुई सय १७ रनमात्र बनाउन सक्यो।</p>
<p>पन्जाबको जितमा कप्तान लोकेश राहुलले ९१ रन बनाए। त्यस्तै दिपक हुडाले ६४ रन बनाएका थिए। पन्जाबका आश्रदिप सिंहले ३ विकेट लिए । मोहमद शामीले २ विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्
