मेरो नाममा बेरुजु छैनः घले
<p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का पूर्व उपाध्यक्ष दिवाकर घलेले आफ्नो नाममा कुनै बेरुजु नरहेको बताएका छन्। </p>
<p>घलेले विज्ञप्ति निकाल्दै क्यानको कामका लागि लिएको रकम आर्थिक वर्ष २०७१÷७२ को अडिट रिपोर्टमा फस्र्यौट गरिसकेको बताएका छन्। </p>
<p>‘‘क्यानको बोर्ड बैठक र साधरण सभाले समेत पारी गरी आईसीसीमा पठाइसकेको छ। त्यसपछि क्यानसँग कारोबार नभएकाले पेस्की छैन’’, घलेले भने, ‘‘मेरो नाममा बेरुजु छैन।’’</p>
प्रतिक्रिया दिनुहोस्
