हकीमा भारतले हरायो अर्जेन्टिनालाई
<p>काठमाडौं। भारतको पुरुष हकी टिमले ओलम्पिक च्याम्पियन अर्जेन्टिनालाई ३–० ले हराएर एफआईएच प्रो–लिग प्वाइन्ट टेबलमा चौथो स्थानमा पुगेको छ। यसअघि भारतले पहिलो म्याचमा अर्जेन्टिनालाई सुटआउटमा हराएर एक बोनस प्वाइन्ट पनि पाएको थियो।<br />
भारत, अस्ट्रेलिया र अर्जेन्टिना टोकियो ओलम्पिकमा ‘पुल ए’मा परेका छन्, जसमा स्पेन न्युजिल्यान्ड र जापान पनि छन्। अर्जेन्टिनासँगको खेलमा भारतको डिफेन्स निकै बलियो देखिएको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
