बराबरीपछि पनि एट्लेटिको शीर्ष स्थानमा
<p>काठमाडौं। एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको आइतबारराति भएको खेलमा रियल बेटिससँग १-१ को बराबरी रोकिएको छ। बराबरीपछि पनि एट्लेटिको लिगको शीर्ष स्थानमा उक्लिएको छ।</p>
<p>रियल बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकिएको हो।</p>
<p>एट्लेटिकोले यान्निक कारस्कोले गोलबाट खेलमा १-० को अग्रता लिएको थियो। बेटिसका क्रिस्टियन टेलोले बराबरी गोल फर्काए।</p>
प्रतिक्रिया दिनुहोस्
