भोजपुर मेयर कपको उपाधि खोटाङलाई
भोजपुर। तेस्रो मेयर कप पुरुष फुटबलको उपाधि भगवती क्लब खोटाङले जितेको छ। आज भएको फाइनलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै खोटाङले उपाधिमाथि कब्जा जमाएको हो।
भोजपुर सदरमुकामस्थित टुँडिखेलमा भएको फाइनलमा पहिलो हाफसम्म दुवै टीमबाट कुनै गोल हुन सकेन। दोस्रो हाफको २८औं मिनेटमा सौजन राईले गरेकाे गाेल नै निर्णायक बन्याे। खेलको म्यान अफ दी म्याच पनि सौजन नै घोषित भए।
खेलको उत्कृष्ट खेलाडी भगवती क्लब खोटाङका जीवन परियार, उत्कृष्ट गोलकिपर खोटाङकै सागर राय, उत्कृष्ट फरवार्ड कुलुङका रविन राई, उत्कृष्ट मिडफिल्डर भोजपुर नगरपालिका– ११, आम्तेकका असिम राई, उत्कृष्ट गोल रक्षक खोटाङका रिवाज मास्के घोषित भए।
भोजपुर जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा २५ मंसीरदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १५ टीम प्रतिस्पर्धामा थिए।
प्रतिक्रिया दिनुहोस्