नेपाल सुपर लिगः ललितपुरले भित्र्यायो क्रोएसियन फरवार्ड
<p>काठमाडौ। नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबले विदेशी खेलाडीको रुपमा क्रोएसियाका फरवार्डलाई क्लबमा भित्र्याएको छ। </p>
<p>ललितपुरले क्रोएसियाको शीर्ष डिभिजनका खेलाडी भिलिम पोनिस्कोभिकलाई क्लबमा अनुबन्ध गरेको हो। <br />
भिलिमले पछिल्लो सिजन बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजन लिग खेलेका थिए। </p>
<p>भिलिमको आगमनसँगै क्लबको फरवार्डलाई अझ बलियो भएको ललितपुरले उल्लेख गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
