क्लब एएफसी कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी गोवा प्रस्थान <p>काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न आज भारतको गोवा प्रस्थान गरेको छ।&nbsp;</p> <p>आर्मीले एएफसीको कप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा भारतको बेंगलुरु फुटबल क्लबविरुद्ध अप्रिल १४ मा उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ।</p> <p>यसअघि छनोटअन्तर्गतको पहिलो खेलमा आर्मीले दशरथ रंगशालामा श्रीलंका पुलिस फुटबल क्लबलाई ५&ndash;१ पराजित गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्