एल क्लासिकोः सिजनका दुबै खेलमा बार्सिलोनामाथि रियल हाबी
<p>काठमाडौं। शनिबारराति भएको खेलमा बार्सिलोनालाई सान्टियागो बेर्नबाउमा २–१ ले पराजित गरेसँगै यो सिजन रियल मड्रिडले स्पेनिस ला लिगाको बहुचर्चित खेल एल क्लासिकोको दुबै खेलमा बार्सिलोनालाई पराजित गरेको छ। </p>
<p>सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई क्याम्प नाउमै ३–१ ले पराजित गरेको थियो। एल क्लासिकोमा बार्सिलोना पछिल्ला चार खेलदेखि जितविहीन रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
