ओभर गति सुस्त गरेकोमा धोनीलाई १२ लाख जरिवाना <p>काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल फ्रेन्चाईज टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई जरिवाना लगाएको छ।&nbsp;</p> <p>बीसीसीआईले बलिङ ओभर गती सुस्त गरेको भन्दै धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तोकेको हो।&nbsp;</p> <p>बीसीसीआईले चेन्नईले गएराति भएको दिल्लीविरुद्धको खेलमा सुस्त ओभर गतिमा बलिङ गराएको बताएको छ।&nbsp;</p> <p>दिल्लीविरुद्दको उक्त खेलमा तीन पटकको आईपिएल च्याम्पियन चेन्नई सात विकेटले पराजित भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्