लिड्ससँग शीर्ष स्थानको सिटी पराजित <p>काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाईटेडसँग २-१ ले पराजित भएको छ।&nbsp;</p> <p>लिड्सको जीतमा दुबै गोल स्टुवार्ट डालसले गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो।</p> <p>सिटीका फेरान टोरेसले एक गोल फर्काए थिए।</p>
प्रतिक्रिया दिनुहोस्