स्पेनिस ला लिगा: बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा <p>काठमाडौं। बार्सिलोनालाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगाकाे शीर्ष स्थानमा उक्लिएको छ।</p> <p>गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २&ndash;१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो।</p> <p>रियलको जितमा करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे। रियलका कासिमिरोले इन्जुरी समयमा रातो कार्ड पाएका थिए। बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए।</p> <p>रियल ३० खेलबाट ६६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।</p>
प्रतिक्रिया दिनुहोस्